Logo

जापान लगिने २३ सय नेपाली कामदार छान्न परीक्षा (प्रक्रिया र परीक्षा मितिसहित)



काठमाडौं, १९ पौष । जापानले दुई हजारभन्दा नेपाली कामदारलाई आफ्नो देशमा लान छनोट प्रक्रिया तय गरेको छ । जापान फाउन्टेशनले जनवरीमा एक हजार कामदार छनोट गर्नेछ । मार्चमा १३ सय छनोट गर्ने टुंगो लागेको हो ।

जापान फाउन्डेसनले एक सूचना निकालेर छनोट परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ । एक हजार नेपाली कामदार छनोटका लागि पहिलो चरणमा जनवरी ७ देखि ८, १४ देखि १६, २१ देखि २३ र २८ देखि २९ मा भाषा परीक्षा संचालन हुनेछ ।

मार्चमा दोस्रो चरणको छनोट प्रक्रिया अगाडि बढाइनेछ । जस अनुसार मार्च ३ देखि ५, ९ देखि १२ र १५ देखि १९ बीच भाषा परीक्षा लिइने जनाइएको छ । दोस्रो चरणमा १३ सय छनोट हुनेछन् ।

परीक्षा शुल्क २५ सय रुपैयाँ तोकिएको छ । कम्युटर प्रणालीबाट लिखित र सीप परीक्षणलगायत परीक्षा लिने तय गरेको छ । जापानी भाषाको साधारण बोलीचाली, प्रस्तुती, सुनाई र पढाईमा उत्तीर्ण हुनुपर्नेछ । परीक्षा यसकारण पनि जटिल हुनेछ ।

जापानी भाषा सहजै बुझ्ने, बोल्ने, लेख्न सक्ने र परिस्थिति अनुसार अभिव्यक्ति दिन सक्ने हुनुपर्नेछ । परीक्षामा उत्तीर्ण हुन २५० पूर्णांकमा कम्तिमा २०० अंक अनिवार्य ल्याउनुपर्नेछ । यसकारण पनि परीक्षा निकै जटिल हुनेछ ।

परीक्षामा सामेल हुन नेपाली नागरिक हुनुपर्नेछ । नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेश गरेर परीक्षामा सहभागी हुन सकिनेछ । जापानले विदेशी कामदार लाने नीति बनाएपछि नेपाली दक्ष कामदार पनि लाने प्रक्रिया बढाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot