Logo

बेहुलाको घरमा जन्ती लिएर पुगिन् बेहुली



आममानिसको विवाहमा बेहुला बाँजागाजा जन्तीका साथ बेहुलीको घरमा लिन जाने गर्छन् । दुलहीको आँगनमा दुलही लिन पुग्छन् । तर विहारको बैरिया थानामा फरक किसिमको विवाह भएको छ । दुलहीले नै जन्ती लिएर दुलाहाको घर गएकी थिइन् ।

केटापक्षले विवाहको छिनोफानो गरेपछि विवाह अस्विकार गरेको कारण दुलही आफै दुलाहाको घर गएकी हुन् । उनी केटाको घर पुगेपछि सबै परिवार फरार भएपनि दुलही भने बसिरहिन् ।

गीता कुमारीको दीपकसंग विवाहको टुंगो केहि समय अघि भएको थियो । यी दुवैको परिवारविच पुरानै नाता रहेको थियो । विवाहको एक दिन अघि मात्र केटापक्षले रद्द गरेको थियो ।

यसपछि गीता आफ्नो परिवार र गाउँका मानिसहरु लिएर दुलाहाको घरमा पुगेकी हुन् । उनीहरु पु्गेपछि दुलाहा सहित समुचा परिवार फरार भएको थियो । गीताले आफ्नो परिवारको साथ दीपकको घरको ढोकामा धर्ना दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot