Logo

सुत्ने समयमा सास नलिने बच्ची



मानिसहरु सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ ।त्यसैले सास लिन कहिलेपनि भुलिदैन । यहाँ एउटी बच्चीले सुत्ने बेलामा सास लिन भुल्ने गरेकी छिन् । साह्रै राम्री देखिने यी बालिकाले राती सुत्ने समयमा २० पटक सास लिन भुल्ने गर्छिन । उनको नाम लीसिटी रैम हो ।

यो बच्चीकी आमाले रातभर बसेर उसको सासको जानकारी लिएकी थिइन् । लगातार सास लिन सकिन भने उक्त बच्चाको मृत्यु पनि हुन सक्छ । यो बच्चीलाई अब्स्ट्रक्टिव स्लीप ऐपनिया नाम गरेको रोग लागेको थियो । मेडिकल साइन्सको अनुसार यो रोग लागेको बिरामीकोसुत्ने समयमा घाटी आनन्द मोडमा हुने हुनाले उसको सासको नली सुक्ने गर्छ । यसरी बिरामीको सास थामिन्छ ।

बिरामीको सास बन्द भएपछि छातीलाई निरन्तर दबाएर सासलाई फिर्ता ल्याउन सकिन्छ । डाक्टरले यी बच्चीको उमेर सानै भएकाले सीपीएपी प्रेशर मसिन प्रयोग गर्न दिएका छैनन् । डाक्टरहरुले उक्त बच्चीको लागी उपचारको अन्य तरिका अपनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot