Logo

११८ वर्षदेखि गिरफ्तारीमा परेको यो रुख



अपराधी गिरफ्तार भएको त सुनिएको नै हो । तर रुख गिरफ्तारी परेको बारेमा आज हामी चर्चा गर्न गईरहेका छौ । पाकिस्तानमा एउटा यस्तो रुख छ । यो रुख ११८ वर्ष देखि गिरफ्तारमापरेको छ । यो रुख १८९८ देखि संरक्षित छ ।

यो पाकिस्तानको आर्मीहरुले लगाएको रुख हो । एकदिन ब्रिटिश अफिसर जेम्स स्क्वेडले रक्सी पिउदै हेरीरहेका थिए । उनले पिउदै गर्दा उक्त रुख उनी तिरै आएको भान भयो र उनी डराउन थाले । आफू डराएपछि तुरुन्त सैनिकलाई उक्त रुख गिरफ्तार गर्ने आदेश दिए ।

सोही दिन सैनिकले रुखलाई गिरफ्तार गरि नियन्त्रणमा लिएको थियो । त्यसदिन देखि उक्त रुखलाई जंजीरले बाधिएको छ । यो रुखलाई भारी जंजीरले बाध्नुका साथै यसमा आई एम अन्डर अरेस्ट लेखेको ब्यानर पनि देख्न सकिन्छ । हालसंम्म पनि जंजिर हटाइएको छैन । अग्रेजको क्रुर शासनलाई यसले दर्शाइरहेको छ । अहिले यो पर्यटक स्थल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot