Logo

आफू गर्भवती भएको थाहै नपाई जन्मियो बच्चा



बच्चा जन्मिदा संम आफु गर्भवती भएको थाहा नै नभएको समाचार बाहिर आएको छ । ब्रिटेनकी क्वाला डोनल आमा बनेकी छिन् । तर अचम्म केछ भने बच्चा जन्माउने समय सम्म उनलाई गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् ।

उनलाई उल्टी, कमजोरी केहिको महसुस भएको थिएन । उनको पिरियड्स पनि सहि समयमा नै भएको थियो । डेलिभरी हुने दिनमा समेत उनले नयाँ अफिस शुरु गरेकी थिइन् ।उक्त समयमा प्रेमीसंग छुटिइसकेकी थिइन् । र अहिले आफ्नो आमाको साथ बस्दै आएकी थिइन् ।

घरबाट अफिसको लागी निस्कीदा उनलाई अचानक पेटमा दुखाई भएको थियो । त्यो दुखाई पिरियड् हुनलाई होला भनेर सहदै गर्दा आफ्नो घरमा पुगिन् र छिमेकीले उनलाई अस्पताल पुराएका थिए । उनलाई अस्पतालमा नै बच्चा जन्माएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot