Logo

दिनमा आठ हजार पटक हाँच्छयू गर्ने मानिस



एकै पटक दुई देखि चार पटकसम्म हाँच्छयू गर्ने त सामान्य नै हो । तर, एउटा बालिका हाँच्छयूको आश्र्चय लाग्दो रोगबाट पिडित भएकी छिन् । बेलायतमा बस्ने भारतीय मुलकी ईरा सक्सेनाले एक दिनमा करिब आठ हजार पटकसम्म हाँच्छयू गर्छिन् ।

तीन हप्ता अघिसम्म ईरा ठिक थिइन् । तर एक दिन बिहान उठ्नासाथ नौ वर्षकी ईरालाई लगातार हाँच्छयू आइरह्यो । उनका अभिभावकलाई पहिला त सामान्य लाग्यो तर घन्टौसम्म लागेपछि भने एलर्जी वा चीसोको कारण भएको बताएका थिए ।

उनकी आमाले औषधी खुवाएपनि कुनै असर नगरेको र झन झन् हाँच्छयू बढ्दै गएको थियो । आजभोलि उनले दिनमा आठ हजार पटक हाँच्छयू गर्ने गरेकी छिन् ।
उनी सुतेको समयमा मात्र हाँच्छयू आउँदैन । ईरा उठेपछि भने निरन्तर आइरहन्छ । यस्तो समस्याको कारण उनी स्कुलपनि जान पाइरहेकी छैनन् । उनलाई खाना खान पनि मुश्किल हुने गरेको छ । डाक्टरले पनि ईराको यस्तो रोगको बारेमा बुझ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot