Logo

प्रफुल्ल गाईले दिन्छ पौष्टिक दुध



हाम्रो शरीरको निम्ति आवश्यक लगभग सबै पौष्टिक तत्व गाईको दूधमा पाइने विभिन्न अनुसन्धानले सिद्ध गरेको छ । यसैबीच गाईको खुशी या सन्तुष्टिसँग तिनले दिने दूधको पौष्टिकताको स्तर निर्भर रहने नयाँ तथ्य पत्ता लागेको छ ।

पौष्टिक दूध पिउन चाहनुहुन्छ भने पहिला आफ्नो गाई खुशी छ कि छैन भन्ने सुनिश्चित गर्नुस् र गाईलाई प्रसन्न तुल्याउने प्रयास गर्नुस् । जब गाई खुशी हुन्छ, अघि–पछिभन्दा धेरै पौष्टिक दूध दिने गर्छ । जसमा क्याल्सियमको मात्रा पनि धेरै रहन्छ ।

जर्नल अफ एन्डोक्राइनोलोजीमा प्रकाशित विवरणअनुसार अमेरिकाको विस्कान्सिन–मेडिसिन युनिभर्सिटीकी लौरा हर्नाडिजको नेतृत्वमा हालै प्राणीमा खुशी प्रदान गर्ने एक रसायन ‘सेरोटोनिन’को सेवन र दूधको पौष्टिकताबीचको सम्बन्धबारे गहन अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताको टिमले दुई दर्जन गर्भवती गाईलाई इन्जेक्सनमार्फत सेरोटोनिन दिएका थियो । ती सबै गाईका रगत र दूधमा क्याल्सियमको स्तर अत्यधिक बढेको पाइयो, जब कि व्यावसायिक प्रयोजनद्वारा एक निश्चित बन्धनमा पालिएका गाईको दूधमा पौष्टिकताको मात्रा तुलनामक रूपमा निकै कम भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्