Logo

पहिलो कार्यक्रम नै विवादमा



काठमाडौं, पुस २४ । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी प्रचारप्रसारमा जुटेको सरकारले विदेशी भूमिमा गरेको पहिलो कार्यक्रम नै विवादमा परेको छ। यही जनवरी १ मा काठमाडौंको दशरथ रंगशालाबाट नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको सरकारले विदेशी मुलुकमा पनि प्रचार–प्रसार गर्ने योजना बनाएको छ। यही योजना अनुसार अस्ट्रेलियाली नागरिकलाई निम्ता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई गत शनिबार त्यसतर्फ लागेका थिए।

भ्रमण वर्ष घोषणापछि यो उनको पहिलो प्रचारप्रसार कार्यक्रम थियो। यही कार्यक्रम विवादमा आएको हो। मन्त्री भट्टराई र अस्ट्रेलियाको न्यू साउथ वेल्सका सभामुख जोनाथन ओडियाले मंगलबार अस्ट्रेलियाको राजधानी सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनमा सभामुख ओडिया समावेश भए पनि त्यसअघि ¥याली लिएर सिड्नीस्थित ओपेरा हाउस जान खोजेको नेपाली टोलीलाई त्यहाँका सुरक्षाकर्मीले रोकेका थिए। विवाद यहीँ देखिएको हो।

तीन महिनादेखि जारी आगलागीका कारण अस्ट्रेलिया राष्ट्रिय संकटमा परेको छ। दुई दर्जनभन्दा बढी मानवीय क्षति भएको छ भने करोडौंको संख्यामा वन्यजन्तु मरेका छन्। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अस्ट्रेलियाका समकक्षीलाई समवेदना पठाएका छन्।

यही बेलामन्त्री भट्टराई भ्रमणको निम्तो गर्न जानु ठीक समय नभएको बताइएको छ। पर्यटनसम्बद्ध व्यवसायीले देश जलिरहेका बेला भ्रमणको निम्ता दिनु व्यवहारिक नभएको बताए। भ्रमण वर्ष अगाडि आधा दर्जनभन्दा बढी देशमा गएर यसकोे ‘क्याम्पेनिङ’ गरेका मन्त्रीले अस्ट्रेलिया जान हतार गरेको व्यवसायीको धारणा छ।

‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो।’
‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो,’ पछि दबाब पर्न सक्ने भन्दै नाम उल्लेख नगर्न आग्रह गरेका एक प्रतिष्ठित पर्यटन व्यवसायीले भने, ‘समय अनुकूल छ, छैन हेरेर जानुपथ्र्यो।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot