जवानीमा डेटिङ जानु सामान्य चीज हो । तर यहाँ एक जना ७१ वर्षिया वृद्ध महिलाले दुई सय युवाहरुसँग डेट गइसकेकी छिन् । यी वृद्ध यो उमेरमा डेटिङ जानुका साथै पार्टीमा गई पोल नृत्य पनि गर्छिन् । उनको नाम मार्गरेट काँलिन्स हो ।
उनको दुई पटक विवाह भएको थियो । उनका छोरा, छोरी र नातीनातिना पनि छन् । विवाहपछि बच्चाहरुसँग बसेर पार्ट टाइममा काम पनि गर्थिन् । उनले ६८ वर्षसम्म आफ्नो कम्पनिको डाइरेक्टर भई चलाएकी थिइन् ।
अब उनको बाँकी समय सबै मनोरञ्जनमा बिताउने निर्णय गरेका कारण युवाहरुसँग रमाउन चाहेको बताइएको छ । हालसम्म २०० जना पुरुषसँग डेट गइसकेकी छिन् । उनले युवाहरुसंग बसेर आफूलाई पनि युवा जस्तो महसुस हुने र युवासँग नै विवाह गर्न पनि खोजेको जानकारी दिएकी छिन् ।