मानिसको सबैभन्दा बफादार जनावर कुकुर हो । घर, खेत, बारी र पशुको हेर्न मानिसहरु जनावरमा नै निर्भर हुने गर्थे । खुशी हुदाँ होस वा आपतकालीन अवस्था होस् जनावरको नै प्रयोग गरिन्छ ।
साँढे दुई वर्षको शेडो नामको कुुकुर विश्वमा पहिलो पटक जनावर पाइलट बनेको छ । उसले आफ्नो पञ्जाले विमानलाई नियन्त्रण गरी तीन हजार फिटको उचाइमा अग्रेजीको आठ अंक बनाइदिएका थिए ।
शेडोले कुकुर माइट उडान स्कुलमा तालिम लिएको थियो । उसले फरक फरक आवाजलाई पत्ता लगाई बटन दबाउन सक्छ । पशु विशेषज्ञ शार्लेटले यो शेडोमा थप क्षमता भएको र गर्न पनि सक्ने बताएका छन् । उसले गरेको कामको प्रयासले जनावर पनि बुद्धिमान हुने पुष्टि गरेको छ ।