Logo

बाल्यकालदेखि पानी नपिउने रेड वाइन पिउने १०७ वर्षीय वृद्ध



पानी बिना एकदिन पनि बाँच्न कठिन हुन्छ । तर एक बृद्धा पानी नपिएरै १०७ वर्ष बाँचेका छन् । स्पेनका एक व्यक्ति पानीको सट्टा रक्सी पिएर बाँचेका छन् । उनले आफ्नो जीवनकालमा कहिल्यै पनि पानी पिएनन् ।

आफैले घरमा बनाएको रेड वाइन पिउनको लागी उपयोग गर्थे । उनले एकदिनमा चार लिटर रेड वाइन पिउथे । एनतोनियो डोकैम्पो गार्सिया नामका यी व्यक्ति १०७ वर्षसम्म जिउँदै छन् ।

उनको लामो आयुको रहस्य पनि सायद यही हो । उनले एक वर्षमा ६० हजार लिटर रेड वाइन बनाउने गर्थे । जसमा आफ्नो लागी ३ हजार लिटर राखेर अरु सबै बेचिदिने गर्थे । उनले बनाएको वाइन शुद्ध अर्गानिक र रसायन फ्रि भएको प्रयोगकर्ताले बताएका थिए । यसको सेवनले कोलस्टोलको लेवल सामान्य बनाउने र क्यान्सर पनि नहुने हुदाँ स्वास्थ्यको लागि राम्रो रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्