Logo

धेरै चीसो लाग्नुको कारण



आजभोली मौसममा चिसो लाग्नु सामान्य नै हो तर अरुलाई भन्दा आफुलाई किन धेरै जाडो वा चिसो हुन्छ त । त्यसको बारेमा आज हामी चर्चा गर्छौ । कोही मानिस यस्ता पनि छन् जहिलेपनि जाडो हुने र गर्मीमा पनि चिसो नै लाग्ने । शरीरमा केही गडबड भएको छ भने यस्तो हुन सक्छ ।

शरीरमा निन्द्रा पुगेन भनेपनि चीसो महशुश हुनसक्छ । शरीर २४ घण्टे चक्रमा हिंडेको हुन्छ । कारणवश उक्त चक्र अनुसार हिड्न नसकेमा पनि यस्तो समस्या आउन सक्छ ।

मानव शरीरमा बोसोले भित्री रुपमा तातो दिइरहेको हुन्छ । बोसोको कारण तौल बढेको हुन्छ । तर बोसो बढाउने क्यालोरीको मात्रा कम भई र तौल घटेमा बढी चीसो महशुश हुन सक्छ ।

शरीरमा रातो रक्तकोषिकाको कमी भएमा एनिमियाको शंका गरिन्छ । रक्तकोषिकाले शरीरभर अक्सिजन पु¥याउने काम गर्छ । एनिमिया भएमा शरीरलाईृ चाहिने आइरन पुग्दैन् । एनिमिया भएमा पनि शरीर चिसो नै भइरहन्छ ।

शरीरमा चाहिने थाइराइड हर्मोन उत्पादन नहुने अवस्थामा हाइपोथ्रोइज्म हुने गर्छ । थाइराइड हर्मोनको कमीले भित्रिरुपमा तापक्रमलाइ मिलाउन नसक्ने हुनाले जाडो महसुस धेरै हुन्छ ।



प्रतिक्रिया दिनुहोस्