Logo

चीनले शुरु गर्यो चालकरहित बुलेट ट्रेन



प्रतिघण्टा ३५० किलोमिटरका दरले कुद्ने रेलमा चालक नहुँदा के होला ? चीनले यस्तै बुलेट ट्रेन सेवा शुरु गरेको छ ।

चालकरहित रेल बेइजिङबाट ओलम्पिक आयोजक शहर झाङजिकोसम्म कुद्नेछ । यसअघि झण्डै चार घण्टा लाग्ने यात्रा मात्र ४७ मिनेटमा सिमित भएको छ ।
सँसारकै पहिलो चालकरहित बुलेट रेल संचालनमा ल्याउन चीन सफल भएको छ । यसको निर्माण चार वर्षमा सम्पन्न भएको छ । जिङ जाङ तिव्र गतिको रेल निर्माण गरेर चीनले भौतिक विकासमा आफ्नो प्रभाव देखाएको छ ।

३० डिसेम्बरबाट शुरु भएको रेलको टिकट ११ देखि ३३ डलरसम्म छ । सन् २०२० मा आयोजना हुने हिउँदकालिन ओलम्पिक हुने शहर झाङजिकोसम्म चल्ने रेलको भित्री डिजाइन खेलाडी र पत्रकारको मनस्थितिमा सकारात्मक असर बनाउने गरी गरिएको छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्