केही मानिसहरु वंशाणुगत कारण वा अन्य कारणले साना गाँठीका हुने गर्छन् । मानिसहरु बच्चा भनेर झुक्किने गर्छन् । बच्चा सम्झेर व्यवहार गर्दा कति त रमाइलो मान्छन् । यस्तै एउटा १५ वर्षका किशोरको उचाँइ नबढेको कारण साना देखिन्छन् । मानिसहरु उनीसँग झुक्किने गर्छन ।
भारतको पन्जाबका रमन रायकवरको उमेर १५ वर्षको भयो । उनको उचाई ३२ इन्चको छ । साथीहरु माझ सानो बच्चा जस्तो देखिन्छन् । चार वर्ष पुगेपछि बढ्न रोकिएका थिए । उपचारको लागि डाक्टरकोमा लैजादाँ पनि उँचाइ बढ्न भने सकेन । रमन आजभोलि पनि आफ्ना साथीहरुसंगथ खेलिरहेका हुन्छन् । साथीहरुले पनि उनलाई माया गर्ने गरेका छन् ।
रमनले हाँस्यकलाकार हुने लक्ष राखेका छन् । उनले विश्वको नै होचो हाँस्यकलाकार बन्ने सपना रहेको बताएका छन् । त्यसका लागि उनी हाल आफ्नो पहिचान बनाउन लागिपरेका छन् ।
रमनको पाँच दिदिबहिनिका एक्ला भाई हुन । उनका माता पिताको ६ बच्चामा ५ छोरी सामान्य लम्बाईका छन् । ४७ वर्षिय उनका पिता जगन्नाथ रायकवरले रमन जन्मिएको तीन वर्षसम्म हिस्टपुस्ट र सामान्य रुपले उँचाइ बढेको बताएका छन् । चार वर्ष पछाडि भने उनको लम्बाई रोकिएको जनाइएको छ ।