मानिसको पथ्थर जस्तो दिल भएको त सुनेकै कुरा हो । तर एक महिला पथ्थर बन्दै गएकी छिन् । एक दुर्लभ रोगको कारण यी महिला ढुंगा बन्दै गएकी हुन् ।
३२ वर्षिया यशले कर्पील फाइब्रोडिसप्लासिया आँसिफिकन्स प्रोगेसिवा नामक रोगबाट पिडित छिन् । यस रोगको कारण यीनको शरीर विस्तारै विस्तारै पथ्थर बन्दै जाँदैछ । यीनको दाया हात र काध पहिले नै काटिसकेको छ । यीनलाई धेरै दुखाई हुने हुदाँ चल्न फिर्न निकै गाह्रो हुन्छ । उनलाई सानो चोटले पनि निकै दुख्ने गर्छ ।
उनी जिउँदै कंकाल बन्दै गइरहेको भएपनि उनको जोस भने हराएको छैन । उनले फेरी जीवन नपाउने भन्दै पाएको जीवनलाई लामो बनाउन चाहेको बताएकी छिन् ।
एश साढे दुई वर्षको हुदाँ उक्त रोगलागेको पत्ता लागेको थियो । तैपनि डाक्टरहरुले ट्युमर भनिरहेका थिए । पछि असली रोग पत्ता लागेको थियो ।