Logo

नेकपा–उपसभामुख भिडन्त : दोषी को ?(भिडियोसहित)



पुष २७, काठमाण्डौ । सत्तारूढ नेकपाभित्रको आन्तरिक खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसकेकै कारण संसद बैठक पटक पटक सरिरहेको छ । अर्कोतिर उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा नदिएका कारण पनि थप समस्या देखिएको छ ।
नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको खोजी भन्नेमा विवाद चुलिदै गएको छ ।

सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरे पनि नमानेपछि समस्या थपिएको हो । पुस ४ गते संसदको हिंउदे अबिधेशन सूरु भएपछि रिक्त सभामुख चयनको प्रक्रिया ११ गतेलाई तोकियो । सोही अवधीसम्म सत्तारुढ नेकपामा सभामुख कस्लाई बनाउने भन्ने विषयमा सहमति नहुंदा १६ गतेलाई अर्काे बैठक बोलाइयो । ओलीले ससदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले नेता अग्नि सापकोटाको नाम सभामुखमा अघि सारेपछि दुवैपक्षविच सहमति हुन नसक्दा संसद बैठक पुन २७ गतेलाई स¥यो ।

उपसभामुख तुम्बाहाम्फेले नेकपा सचिवालय बैठकले राजिनामा दिन आग्रह गरेको निर्णय नमान्दा संसद बैठक पुन ८ दिन पछि धकेलिएको छ । पूर्वसहमतिअनुसार सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने प्रचण्डको तर्क छ भने पार्टी एकता भइसककाले अनुभवी र कानूनका जानकार नेम्वाङलाई सभामुख बनाउनुपर्ने ओलीको अडान छ । उपसभामुख तुम्बाहाङ्फेले आफै पनि सभामुखमा आंकाक्षा राखेकी छन् ।

प्राइम टाइम्स टेलिजिनको लागी जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै तुम्बाहाङ्फेले आफुलाई सभामुख बनाउने भए मात्र राजिनामा दिने बताईन् । नेकपाले के निर्णय गर्यो भन्ने कुरा आफूलाई महत्व नहुने उनको तर्क थियो । कुन पार्टीले के निर्णय गर्छ भन्ने कुरामा आफ्नो चासो नरहेको उपसभामुखको भनाई छ ।

“मैले उपसभामुखबाट राजीनामा दिदैमा समस्या समाधान हुन्छ भन्ने अवस्था देखिएको छैन । सभामुख नहुँदा म उपसभामुखका नाताले संविधानअनुसार संसदको नेतृत्व लिनुपर्छ ।” उनले भनिन् ।

ओलीको उपश्थितीविना प्रचण्डले नेतृत्व गरेको शुक्रबारको सचिवालय बैठकले उपसभामुखलाई राजिनामा दिन आग्रह गरेपनि उपसभामुखको राजीनामा नआउनुलाई विभिन्न अड्कलबाजी गरिएका छन् । ओली पक्षले उपसभामुख कार्ड प्रयोग गरेको र उनलाई राजीनामा नदिन भनेको कतिपयको अनुमान छ । नेम्वाङलाई सभामुख बनाउने भएमात्र उपसभामुखलाई राजिनामा गर्न आग्रह गर्ने ओलीको मुडमा रहेको बताईन्छ । यसरी ओली र दाहालका आ–आफ्नो चासो र अडानले सभामुखको खोजी थप पेचिलो बनेको छ । संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुने व्यवस्था छ । त्यसैकारण सभामुख आफ्नो पार्टीको बनाउन नेकपाले उपसभामुख छाड्नै पर्ने बाध्यता छ ।

नेकपाले सभामुख खोज्न नसक्दा र उपसभामुखलाई राजिनामा गराउन नसक्दा प्रतिनिधिसभा बन्धक बनेको छ । लामो समयसम्म प्रतिनिधिसभा बैठक नचलाउँदा सरकार वा सत्तारूढ दल मनमौजी हिसाबले चल्न खोजेको विपक्षी काग्रेसले आरोप लगाएको छ । बैठक अवरुद्ध हुँदा संसदमा दर्ता भएका २७ वटा विधेयकमाथिको छलफल प्रभावित भएको छ । सत्तारुढ दल नेकपाका दुई नेताबीच शक्तिको रस्साकसी जुन रूपमा चले पनि त्यसको बन्धक प्रतिनिधिसभा बन्नु हुँदैन । त्यसका लागि तत्कालै सभामुखको उम्मेदवार चयन गर्नुपर्ने आवश्यकता छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot