Logo

जुत्तामा पागल पतिलाई पत्नीले छाड्ने चेतावनी दिएपछि…



पतिले जु्त्ता मात्र खरिद गरेका कारण एक व्यक्तिलाई पत्नीले छोडेर जाने चेतावनी दिएकी छिन् । ४४ वर्षीय जेसन आँक्सली जुत्ताप्रति पागलपन देखाउन माहिर छन् ।

उनले हरेक महिनामा १० हजारको जुत्ता खरिद गर्ने गरेका छन् । उनको घरमा १५० जोडी जुत्ता भइसकेका छन् तैपनि उनले किन्न छोडेका छैनन् । उनकी पत्नीले जुत्ता वा पत्नी एक रोज्ने अवसर दिदै जुत्ता रोजेमा आफुलाई छोड्न तयार हुन पनि अनुरोध गरेकी छिन् ।

जेसनको जुत्ता पलङमुनि ५० जोर र आलमारीमा ८० जोर रहेको जनाइएको छ । २० जोर भने छरिएर रहेको छ । यीनले आफ्नो धेरै पैसा जुत्तामा नै खर्च गर्ने बताइएको छ । जेसनले आफूले लगाउने कपडाको आधारमा जुत्ताको व्यवस्था गरेका हुन्छन् ।

उनकी पत्नी ३६ वर्षीय फेयले जेसनलाई जुत्ता किन्नमा रोक लगाएकी थिइन् । तैपनि उनले किन्न छाडेनन् । फेयले घर छोड्नेका धम्की दिइरहेकी छिन् । आफूलाई भन्दा पतिले जुत्तालाई माया गरेको फेयले बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्