Logo

अब परेवालाई पनि गर्भनिरोधक चक्की



आजसम्म मानिसले मात्र गर्भनिरोधक चक्की बनेको खाने सुनेका छौ । अब भने पंक्षीका लागि पनि गर्भ निरोधक चक्की बनाइएको छ । स्पेनको र्बिर्सलोना शहरमा परेवा धेरै भएकाले उनीहरुको सख्या घटाउनलाई गर्भनिरोधक चक्की खुवाउने गरेका छन् ।

स्पेनका बाडिया डेल वेलिसमा परेवा दिनप्रतिदिन बढ्दै गएकोले नियन्त्रणको लागी यस्तो गरिएको जनाइएको छ । परेवाले भवनमा फोहोर गर्नुका साथै हवाई जहाजमा समेत असर परेको थियो । त्यसैले परेवाको उत्पादनमा कमि ल्याउनका लागी यो विधि अपनाउन परेको बताइएको छ ।

एक वर्षमा एक जोडीले ४८ वटा बच्चा जन्माउने गर्छ । यीनीहरुलाई खुवाउने गर्भनिरोधक चक्की को तौल जम्मा १० ग्रामको हुन्छ । यो चक्कीको नाम ‘ओवीस्टाँप’ हो । उक्त गोली मक्का बाट बनाइएको हुन्छ । जसलाई आफ्नो खाना सम्झेर परेवाले खाने गर्छन । परेवाको प्रजनन समय जुलाई देखि डिसेम्बरको बिचमा अधिक रहन्छ । यी चक्कीलाई वितरकले स्कुलको र ठुला भवनको छतमा छरिदिएका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्