Logo

आफ्नो नाग मारेको बदला लिइन् नागीनले



आफ्नो नागलाई मारेको नागिनले हेरिरहेकी थिइन् पछि नागिनले बदला लिएर नै छाडिन् । एक नागिनले आफ्नो साथी नागको हत्याको रिसमा एक आरोपी व्यक्तिलाई डसेर बदला लिएकी छिन् ।

राजेश सिहं गहलौतले करिब छ वर्षअगाडी एउटा कालो नाग पिटी पिटी मारेका थिए । त्यसपछि नागको हत्या गरेको आरोपमा नागिनले राजेशलाई पटक पटक डस्ने प्रयास गरेपनि बारम्बार बचेका थिए ।

पटक पटक नागिनको डसाईबाट बचेका राजेश पछिल्लो पटक भने जोगिन सकेनन् । उनी एउटा किनारमा बसिरहेका बेला उनलाई नागिनले डसेकी थिइन् । डसेपछि ती युवकको अचेतवास्थामा अस्पतालमा पु¥याएपनि उपचारको क्रममा उनको निधन भएको छ । नागिनले आफ्नो नागको हत्या गरेकोमा बदला लिने उदेश्यले डसेका कारण उनको निधन भएको स्थानीयको विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot