Logo

जन्ती लिएर अस्पताल गईन् दुलही



विवाहको दिनमा बेहुला अस्पताल पुगेमा के होला ? विवाह नै रोकिन्छ । तर, भारतमा बेहुला अस्पताल भर्ना हुँदा पनि विवाह रोकिएन ।
उमेश सिंहको विवाहको अघिल्लो दिन घर सिलिन्डर पड्किएर आगोलागी भएको कारण उनीहरुको विवाह रोकिएको हो ।

उक्त घटनामा परिवारको धेरै जना घाइते भएका थिए । यी सबै परिवारका सदस्यको अस्पतालमा उपचार भइरहेको थियो । यस्तो अवस्थामा दुलाहा जन्ती लिएर बेहुलीको घरमा जानसक्ने थिएनन् ।

उक्त घटनाले विक्षिप्त बनेकी दुलहीले तोकिएकै तिथि र मितिमा विवाह सम्पन्न गर्ने प्रस्ताव आफ्नो परिवारमा राखेकी थिइन् । उनको प्रस्तावलाई स्वीकार गर्दै दुवै परिवारको साथमा गुडिया र उमेश सिंहको जिल्ला अस्पतालमा पुगी विवाह सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot