Logo

द्वन्द्वकालिन मुद्दा चाँडै टुँगो लगाउने बालुवाटारमा सहमति



काठमाडौं, ४ माघ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच द्वन्द्वकालिन मुद्दा चाँडोभन्दा चाँडो टुँगो लगाउने सहमति भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनकाअनुसार ‘गत पुस २८ गते सातै प्रदेशमा गरेको छलफलमा उठेका सुझावका आधारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot