Logo

गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु



काठमाडौँ, ५ माघ । दोलखाको गौरीशङ्कर गाउँपालिका ९, स्थितको रोल्वालिङ उपत्यकामा भ्रमण गर्ने पर्यटकलाई लक्षित गरी मेनु लागू गरिने भएको छ । होटल तथा लज सञ्चालकले मनोमानी ढङ्गले पैसा असुल्ने गरेको नकारात्मक सन्देश आउन थालेपछि एकरूपता ल्याउन मेनु लागू गरिन लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पनि मेनु एक पाटो हो । सिमीगाउँ–च्छोरोल्पा हिमतालसम्मका २५ वटा होटल तथा लजमा यो लागू गरिन लागिएको छ । सुरु अर्थात् प्रस्थान बिन्दु सिमीगाउँको सामान्य खानाको तीन सय बेडको दुई सयदेखि ५५० रुपियाँसम्म र अन्त्यको नाको सामान्य खानाको छ सय तथा प्रतिकोठाको छ सयदेखि दुई हजार रुपियाँ दररेट निर्धारण गरिएको छ । दूरी तथा भौगोलिक अवस्थासमेतलाई ध्यानमा राखी वैज्ञानिक हिसाबले मेनु निर्माण भएको छ । मेनु लागू भएपछि पर्यटक बढ्ने अपेक्षा राखिएको छ । होटल तथा लजका प्रमुख तथा प्रतिनिधि, संरक्षण क्षेत्र समिति, वडा अध्यक्ष तथा जनप्रतिनिधिसमेतको छ महिनाको लामो छलफलबाट मेनु तयार भएको उनले जानकारी दिए ।

च्छोरोल्पा हिमतालको महìवलाई केन्द्रित गरी स्विस सरकारको १० करोड रुपियाँ आर्थिक सहयोगमा छोत्छोतदेखि च्छोरोल्पासम्म ३३ किलोमिटर र नादेखि यलुङपाससम्म सात किलोमिटर गरी कुल ४० किलोमिटर पदमार्गको निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न भएको छ । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजना/भूकम्प आपत्कालीन सहायता आयोजना अन्तर्गत २०७३ सालदेखि पद मार्ग निर्माणको काम सञ्चालन हुँदै आएको थियो । विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिलाई ध्यानमा राखी पुनर्निर्माण तथा स्तरोन्नतिको माध्यमबाट प्रभावित ग्रामीण जनजीवनलाई सहज गराउन तथा विस्थापित समुदायहरूलाई पुनःस्थापना गराउने उद्देश्यले यो पदमार्ग निर्माण भएको हो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot