Logo

ब्ल्याकमेलु गरेर बलात्कार गर्ने पक्राउ



काठमाडौँ, ६ माघ । मोरङको पथरीशनिश्चरेमा ब्ल्याकमेलु गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन् ।

तीन महिनादेखि विभिन्न खाले डर देखाएर ब्ल्याकमेलु गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धानका लागि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको खुलेको छ । प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ब्ल्याकमेलु गरेको पुष्टि भएको छ। ब्ल्याकमेलु गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ब्ल्याकमेलु गरेको डीएसपी गिरीको भनाइ छ । उनकाअनुसार मसँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ, भनेर युवाले युवतीसँग ब्ल्याकमेलु गरेको खुलेको छ। त्यसपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए ।

उनकाअनुसार सामाजिक सञ्जालमा फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक ब्ल्याकमेलु गरेर बलात्कार गर्ने गरेको कुरा युवतीले आफ्ना श्रीमानलाई सुनाइन् । त्यसपछि पारिवारिक सल्लाहअनुसार नै युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् । युवाले पनि आफूले सात पटकसम्म बलात्कार गरेको स्वीकार गरेका छन् । अरु केटाले फेसबुकको ग्रुप म्यासेन्जरु बाट नांगो फोटो भाइरल बनाइदिने भन्दै युवतीलाई डर देखाएछन् । त्यसपछि ती युवती मसँग शरणमा आइन्, प्रारम्भिक अनुसन्धानका क्रममा युवाले भनेको कुराको जानकारी दिँदै डीएसपी गिरीले भने, मैले पनि भाइरल बनाउनबाट जोगाउनुपर्ने भए आफूले भनेको कुरा मान्नुपर्छ भन्ने सर्त राखेँ । त्यसमा युवतीको पनि सहमति थियो। प्रहरीले युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ब्ल्याकमेलु गर्दै नांगा फोटा पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ । युवाले बलात्कारका लागि ब्ल्याकमेलु गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए । पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot