Logo

एक्लै पहाड फोडेर गाउँमा बाटो पु¥याउने  चन्द्रवीर



काठमाडौँ, १५ माघ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् ।

तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने । चार वर्षदेखिको उनको सपना एक्लैले पूरा गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु¥याएको हो । गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उनको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन रहेका छन् ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पु¥याउने सपना देखे । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उनी एक्लैले आँट गरेर बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जान्थ्ए आँखा देखुन्जेल खन्थ्ए । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पु¥याउनु थियो । वली भन्छन्, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।” अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनको भनाइ छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot