Logo

पूर्व मिस नेपाल श्रृंखलाका पिताले संसदमा गाँजा फुकुवाको प्रस्ताव लगे



काठमाडौं, १६ माघ । गाँजा तथा भाँगो (भाङ) माथीको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासी नेकपाका सांसदहरुले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । लागुऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ ।

सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फु्कुवा गर्न दर्ता प्रस्तावमा ४६ जना संसदले सर्मथन गरेका छन् । मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउन , प्राकृतिक उपचार का लागी औषधी उत्पादन गर्न किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न पनि गाँजा माथीको प्रतिबन्ध फुकाउनु पर्ने सांसदहरुको माग छ ।

प्रस्तावमा पुर्वसभामुख ओनसरी घर्तीमगर, जर्नादन शर्मा , ,पम्फा भुसाल, जयपुरी घर्ती , नवराज सिलवाल , धर्मशिला चापागाई , झपट रावल , गणेश ठगुन्ना , नारदमुनि रानालगायतकाले सर्मथन गरेका छन् ।

सन् १९७० को दशकमा भाँगो गाँजामाथी प्रतिबन्ध लगाउन नेतृत्वप गरेका अमेरिका , क्यानाडा, जर्मनीलगायतका देशले गाँजामाथीको फुकुवा गरी सकेका छन् । नेपालको भु्बनोट गाँजा उत्पादनको लागी उर्वर भुमि भएकाले यसको वैधानिक उत्पादन र विक्रि वितरणबाट मुलुकमा ठुलो विदेशी म्ुद्रा आर्जन हुने सांसदहरुको तर्क छ ।

अमेरिका, क्यानडा, जर्मनी लगायत ६५ भन्दा बढी देशले सरकारी र नियमनमा रहने गरी आफ्नो देशको किसानको आर्थीक बृद्धिका लागी खुल्ला गरीसकेको प्रस्तावमा उल्लेख छ ।

‘नेपालको भु–भाग प्राकृतिक रुपमा नै गाँजाखेतीको लागी अब्बल रहेका अुँदा विश्वका अन्य देशले जस्तै किसानको वजीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन गर्न समेतका लागी िध्यनानान रनखी कानुन परिमार्जन गर्न सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा बैधानिकता दिन ढिलो भइरहेकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्दछौ ।’ खतिवडाले भनेका छन् ।

गाँजाबाट तीनसय बढीस्प्राकृतिक औषधी उत्पादन हुनृे र प्राकृतिक उपचार विधिमा सहयोग पुगन्े प्रस्तावमा छ । प्रस्तावमा छ । अन्नपुर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot