Logo

पशुपति परिसर व्यापारीको कब्जामा



काठमाडौँ, १७ माघ । व्यापारीले अटेर गर्दा टहरा हटाउने पशुपति क्षेत्र विकास कोषको योजना असफल बनेको छ ।

पशुपति क्षेत्रलाई खुला स्थान बनाउने योजनाअनुरूप कोषले पशुपति क्षेत्रभित्रका टहरा खाली गर्न तीनपटक सूचना जारी गरिसकेको छ । तोकिएको समयमा नहटाए कानुनअनुसार बल प्रयोग गरेर हटाउने चेतावनी दिइए पनि व्यवसायीले अटेर गरेका छन् । पशुपति परिसरमा रहेका अव्यवस्थित टहरा । पशुपति क्षेत्र विकास कोषले टहरा र पसल हटाउन तेस्रोपटक सूचना जारी गरेको छ । माघ १ गते पहिलोपल्ट सूचना जारी गरिएको थियो । सात दिनको म्याद दिइए पनि टहरा नहटेपछि माघ ६ गते पुन: अर्को सूचना जारी गरियो । सात दिनकै समयसीमा तोकिए पनि टहरा खाली हटेनन् । तेस्रोपटक मंगलबार सात दिनकै म्याद दिएर कोषले पुनस् सूचना प्रकाशित गरेको छ ।

व्यापारीहरू भने आफूहरूलाई ठाउँ व्यवस्थित गरेर मात्र टहरा हटाउनुपर्ने अडानमा छन् । व्यापारीको माग पूरा गराउन कांग्रेस नेता गगन थापा, वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य, स्थानीयलगायत जनप्रतिनिधिले कोषका सदस्य सचिव प्रदीप ढकाललाई समेत भेटे । ‘अहिले भएका सबै व्यापारी प्रभावित होइनन्,’ ढकालले दिएको जवाफ उद्धृत गर्दै डेलिगेसन गएका स्थानीय छत्रानन्द वैद्यले भने, ‘सबैलाई व्यवस्थित गर्न सकिँदैन भन्नुभयो । समस्याको जड नै यहीँनेर छ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot