दाङ, माघ २० । अज्ञात रोगका कारण दाङमा दुईसय भन्दा बढि भेडा मरेको छन् । जिल्लाको घोराही उपमहानगरपालिकाको सैघास्थित पाँचपोखरीमा चरनका लागी रुकुमबाट ल्याइएका २०० भन्दा बढी भेडा मरेका भेडापालक किसानको ले बताएका छन् । रुकुमको चिसो छल्न लागी सैघा ल्याइएका भेडाहरु अज्ञाटत रोगका कारण मरेका भेडापालक रामकृष्ण पुनले जानकारी दिए । ‘चिसो छल्नको लागी यहाँ भेडा लिएर आएका थियौ,’ भेडापालक रामकृष्णले भने, ‘केही दिनयता एकाएक भेडा मर्न थालेका छन् ।
हालसम्म २०० भन्दा बढी भेडा मरिसके । के कराणले भेडा मरिरहेको छन् , थाहा नै छैन । यस्तै हो भने गोठ नै रित्तीन्छ जस्तो लागीरहको छ ।’
चिसो महिनामा रुकुममा हिँउ पर्ने र भेडा पाल्न समस्या भएपछि भेडा र बाख्रा चराउन रोल्पा हुँदै १६ दिन पहिले सैघाको पाँचपोखरीमा आएको रामकृष्णले बताए । रुकुमको भुमे गाउँपालिका–१ लुकुमबाट दुई महिना पहिला चिसो छल्न ५०० भेडा रोल्पा हुदै दाङको पाँचपोखरी जङ्गलमा ल्याएको उनले बताए ।
विगतका वर्षमा भेडापालक किसानले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिँउदभर राख्ने गरेकोमा यो वर्ष चरन राम्रो हुने , चिसो धेरै नहुने हुदाँ भेडालार्य राम्रो हुने भन्दै दाङ झरेको कृषकको भनाई छ ।
भेडाबाख्राबाटै गुजारा चलाउदै आएका कृषक एकाएक भेडा मर्दा बालबालिकाको शिक्षा दिक्षालगायत लुगाफाटो को जोहो के बाट गर्ने हो भन्नेमा चिन्तीत रहेका छन् । दैनिक सरदर १० ÷१द्द वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए । उनका अनुसार भेडामा मुख पाक्ने, छेर्ने र झुङ्ने, घास नखाने र मर्ने समस्या देखिएको छ । तर साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए ।
अर्का कृषक प्रेमले भने, हाम्रो रोजीरोटी यहि हो , हामी बर्बाद भयो । यहाँ उपचार गराउने ठाँउ पनि छैन । अहिलेसम्म मरेका भेडाको मुल्ःयाङ्कन गर्दा करिब २० लाख बराबरको नोक्सान भएको अनुुमान कृषकले गरेका छन् । गोरखापत्र दैनिकबाट