Logo

कोरोनाले विवाह रोकियो



काठमाडौ, माघ २० । चीनमा हजारौ वर्षमा आउने दिन पर्खेर बसेका प्रमी कोरोना भाइरसका कारण निराश बन्न पुगेका छन् यस भाइरसकाले चीनको आर्थतन्त्रका साथै सामाजिक क्षेत्रमा ठुलो धक्का पुर्याएको छ । मुसा वर्ष आरम्भसँगै यो भाइरसले उग्र रुप लिदाँ चिनियाँको नयाँ वर्ष र वसन्त चाड निरस बन्न पुगेको छ । गत जनवरी २४ तारिख चीनको परम्परागत पात्रोअनसुार चिनियाहरुले नयाँ वर्षको पुर्वसन्ध्यामा थियो ।

चिनियाँका लागी यो दिन पारिवारीक पुनृमिलनको दिन थियो । बुहान शहरमा भेटिएको नोबेल कोरोनाभाइरसले चिनियाँको योजना एक्कासी प्रभावित बन्न पुग्यो । यो भाइरसको फैलावटबाट बच्न र रोकथाम गर्नका लागी आमचिनियाँले घर फर्किने योजनाका सार्थ देश बाहिर तथा भित्र घुम्ने योजना पनि रद्द भएको छ । भाइरस र रोगको प्रतिरोध गनुृका खातिर निर्धारित यात्रा मात्रै रद्द गरेका छैनन् ।

भाइरसको फैलावट हुन नदिन सरकारको आदेश पालना गर्दै घरभित्रै बसेका छन् । यसैबीच हजारौ चिनियाँ प्रेमी जोडीको विवाह गर्न सपना पनि भताभुङ्ग भएको छ । सन् २०२० फ्रेब्रुअरी २ तारिखका दिन प्रेमी जोडलिे हजार वषृका एकपटक आउने भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागी शुभ दिन छनोट गरेका थिए र्। एक त यो मिती २०२०–०२–०२ अद्भुत देखिन्छ ।अगाडी बाट र पछाडी बाट एकै बनाउछ , त्यसमाथी चिनियाँमा समध्वनी शब्द निकै प्रचलत छ ।

मे महिनाको २० तारिखलाई चिनियाँले समध्वनीको आधारमा प्रेम दिवसको रुपमा मनाउछन् । ५२० अ।क, बुआरलिङको समउच्चारण वोआइनी वा ‘आइ लव यु’ सँग मिल्ने धारणा चिनियाँ राख्छन् । यसपटकको यो असाधारण अंक मितीमा चिनियाँहरुले विवाहका लागि शुभसाइत मानिरहदा आइतबार बिदाको दिन पर्ने भएपछि सबै जोडीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट दुःख पोखेका थिए । यसै दिनलाई मध्येनजरमा राखी चिनभरीका विवाहदर्ता कार्यालयले उक्त दिन कार्यलय खोल्ने सुचना जारी गरेका थिए । पइचिङ, शाङहाई लगायतका शहरमा विवाहका लागी तयारी गरिरहहेका थिए ।

नागरीक मामिला मन्त्रालयले केही दिनअघि २ फेब्रअरीमा विवाह दताृका लागी गरिएका सबै घोषणा रघ गर्न आह्वान गरेका थियो । कोरोना भाइरस फैलिनबाट रोक्न र नियन्त्रण गर्न साथै नवजोडीको स्वास्थ्य सुरक्षामा ध्यान दिन भन्दै २ तारिख का दिन विवाहदर्ता कार्य रद्द हुने सुचना प्रकाशित गरिएको थियो । यो संगै प्रेमी जोडलिे हजार वर्षमा आउने दिनमा विवाह गर्न पाएनन् । यो मिति लाई अविस्मरणीय बनाउन चाहने चिनियाँ जोडकिो सपना अधुरो रह्यो । ९अन्नपुर्ण दैनिकबाट०



प्रतिक्रिया दिनुहोस्

Screenshot