Logo

गृह मन्त्रालयमा उपसचिवको मस्ती



काठमाडौं, २१ माघ । गृह मन्त्रालय कर्मचारीहरुको रोजाईमा पर्दछ । मन्त्रालयका महत्वपूर्ण शाखामा काम गर्नेहरुले प्रहरीको सरुवा बढुवादेखि सीडीओको सरुवामा समेत चलखेल गर्न पाउँछन् ।

यसबाहेक गृहमा अन्यत्र भन्दा धेरै सुविधा पनि छन् । मन्त्रालयमा उपसचिवले समेत चालकसहित गाडीको सुविधा पाएका छन् । जबकि कार्यालय प्रमुख नभएको अवस्थामा सहसचिवले मात्र गाडीको सुविधा पाउँछन् । गृहमा धेरै गाडी र चालक भएकाले उपसचिवहरुलाई मस्ती भएको हो ।

उपसचिवहरु शम्भुप्रसाद रेग्मी, मित्रलाल शर्मा, बंशीकुमार आचार्य, बशिष्ट कुमार घिमिरे, परमानन्द घिमिरे, भूपेन्द्र सापकोटा, झंक ढकाल, कृष्णप्रसाद शर्मा, कृष्ण पौडेल, दिपकराज नेपाल, उमाकान्त अधिकारी, कमलराज ढकाल, भूपेन्द्र थापा लगायतले अनधिकृत रुपमा गाडी प्रयोग गर्दै आएका हुन् । आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिवलाई प्रभावमा पारेर उनीहरुले यसरी सुविधा लिने गरेका छन् । इन्धनसमेत उनीहरुले सरकारकै प्रयोग गर्दछन् । गाडीहरु त्यतिकै राख्दा बिग्रने भएकाले प्रयोग गरिएको तर्क उनीहरुले माथिल्लो निकायमा दिने गरेका छन् ।

त्यसो त गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयबाट समेत गाडीको दुरुपयोग भइरहेको स्रोत बताउँछ । अधिकृतस्तरका कर्मचारीले समेत गाडीको सुविधा प्रयोग गर्र्दै आएका छन् । गाडीसँगै सचिवालयबाट इन्धनको कुपन समेत दुरुपयोग हुने गरेका छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot