Logo

यस्तो छ आगामी तीन दिनको मौसम



काठमाडौं, माघ २२ । देशभरको मौसममा बुधबार आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसमी अनुमान अनुसार देशको पश्चिमी र पुर्वी पहाडी भू–भागमा आंशिक बदली भईरहेको भन्दै उक्त प्रभाव देशभरको मौसममा पर्न सक्ने जनाइएको छ ।

आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ। पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको तथा देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने जारी मौसमसम्बन्धि विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै आजराती उच्च पाहाडी तथा हिमाली क्षेत्रको मौसममा समेत बदली हुने जनाइएको छ । बिहीबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार शुक्रबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागका आंशिक बदली हुन सक्ने छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षासहित पश्चिमी भू–भागका केहि स्थानहारुमा मध्यम हिमपात हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot