Logo

ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति



काठमाडौं, माघ २३ । चर्चीत ललिता निवास जग्गा प्रकरणमा अख्तियारले एक सय ७५ विरुद्व बुधबार अख्तियार अनुसन्धान आयोगमा मुद्वा दायर भएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री,नेकपाका नेता, व्यापारी लगायत विरुद्व मुद्वा गरेको हो । तर, उक्त जग्गा प्रकरणमा निकै परिचित नाम नेकपाका महासतिव विष्णु पौडेलविरुद्व भने मुद्वा दायर भएको छैन् ।

उनीमात्रै होइनन्, मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायत १० जनाको नाम पनि लिस्टबाट हटेको छ ।

मुद्वा दायर गरिएको हकमा भने कैद र विगोदाबीको माग गरिएकोे छ । विगो मागदावी गरिएकोमा सबै भन्दा माथि शशीकान्त ढकाल रहेका छन् ।

उनी विरुद्व ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ मागदावी गरिएको छ भने विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ तथ भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot