Logo

राजनीति दाउमा लगाउने रवि लामिछानेको चूनौति गगन थापाद्वारा स्वीकार



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको चूनौति स्वीकार रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफू रवि लामिछानेको प्रस्तावअनुसार राजनीति दाउमा लगाउन तयार रहेको बताएका हुन् ।

‘मैले किर्ते गरेको कुरा होईन, मैले कुनै लोन माग्नको लागि, निवेदन दिएर मैले ऋण मागेको प्रमाण छ भन्नुभएको छ उहाँले, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु । त्यो प्रमाण उहाँले दिनुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ,’– गृहमन्त्री लामिछानेले संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग भनेका थिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले राखेको प्रस्ताव जानकारी गराउँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आफू राजनीति छाड्न तयार रहेको बताए । उनले संसदीय समिति बनाएर उक्त प्रकरणमा आफूलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई गलत सावित गराएर देखाउनसमेत चूनौति दिए ।

महामन्त्री थापाले भने, ‘संसदीय समिति बनाइसकेपछि त्यो संसदीय समितिमा बस्दा माओवादीको नेतृत्वमा, एमालेको नेतृत्वमा, रास्वपाको नेतृत्वमा बनेको समितिबाट कांग्रेसले त्यहाँभित्र तथ्य प्रमाण भएन र पुष्टी गरेन भने मेरो त क्ुरा भइनैहाल्यो । सिंगो कांग्रेसलाई कति क्षति पुर्याउला ? त्यो कत्रो ठूलो लज्जाको विषय होला ? म कांग्रेसको महामन्त्री हुँ, सांसद् हुँ । मेरो छ छँदैछ, सिंगो कांग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भनेपछि यो चूनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै रहेन ।’

यो पनि पढ्नुहोस्ः एक-अर्काको राजनीति दाउमा लगाउन गगन थापालाई रवि लामिछानेको खुला चूनौति (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot