Logo

टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल



काठमाडौ माघ २४ । गत बुधबार नेपाल टलिकमको वार्षिक उत्सब कार्यक्रम थियो । टेलिकमको भद्रकाली स्थित केन्द्रिय कार्यालयमा सम्पन्न त्यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटा ले कर्मचारीहरुलाई भन्न नभन्नु गालीको खातिर चलाए । उनले कतिसम्म भने , भने कर्मचारीलाई व्याट्री चोर सम्म भन्न भ्याए । हुन त नेपाल टेलिकममा खपत हुने व्याट्रिहरुको पनि हेराफेरी हुने र रातारात कवाडीलाई बिक्रि गर्ने गरिन्थ्यो । यस्तो काम गरेवापत टेलिकमका केही कर्मचारीहरु हाल अख्तियार अनुसन्धान आयोगको कारबाहीका पनि परिरहेका छन् ।

गत वर्ष को वार्षिक कार्यक्रममा पनि मन्त्री बास्कोटाले कडा निर्देशन दिएका थिए । त्यो निर्देशन भनेको वार्षिक उत्सबको उपलक्ष्यमा कुनै भोजभते गरेर संस्थाको रकम उडाउने होइन, भोजभतेर गरेमा कारबाहीको भागीदार हुनुपर्ने छ भन्दै कडा चेतावनी दिएका थिए । मन्त्रीको चेतावनी अनुसार गतवर्ष त्यस्तो कुनै भोजभतेर चलेन पनि । तर यसवर्ष मन्त्रीको त्यो कडा निर्देशन युर्टन हुँदै भोजभतेर मात्र होइन ब्ल्याक लेबल ह्वीस्कीसम्मको व्यवस्था गरियो । कालीकाटीको सोल्टी होटलमा बुधबार साझ गरिएको भोजको निम्ती टेलिकमले दुई करोड रुपैयाँ छुट्याईएको थियो । त्यहाँ आयोजना गरेको रात्रीभोजमा प्रति प्लेट १९५० रुपैयाँको मुल्इ तय गरिएको थियो । टेलिकमको जम्बो सख्यामा उपस्थित भएका कर्मचारीहरुले खानेमात्र होइन पिउने कुराको पनि प्रचुर मात्रामा व्यवस्था थियो । ब्ल्याक लेबलका मात्र दर्जनौ कार्टुन फोरिएका थिए ।(नेपाली पत्र)



प्रतिक्रिया दिनुहोस्