राजविराज । बिहीबार बिहानै राजविराज प्रशासनमा होहल्ला गर्दै एक हुल मानिसहरु आए । च्यातिएका तथा मैलो लुगा लगाएका , हातमा थोत्रा चाल बजाउँदै प्रशासन घेरा हालेर घरबास मागे । मधुरो काम निक्लीए पनि चिसो सिरेटोले मौसम प्रतिकुल नै थियो ।
तर उनीहरु आफ्नो घरबासको लागी भन्दै चिसोको प्रवाह नगरी कोही खाली खुट्टा त कोही एकसरो कपडामै गाउँबाट बिहानै राजविराज पुगेका थिए । रागढ गाउँपालिका–४ बेलिह चपेनाका १४ परिवार मुसहर । आफ्नो थातथलो उजाडिएपछि भोग प्यास नभनी प्रशासन मा घरबास माग्न बालबालिका देखि बृद्ध सम्म बिहीबार राजविराज पुगेका थिए ।
गत शनिबार साझँ मुसहर समुदायले अकल्पनिय दुर्दशा भोगे । गाउँकै रामबहादुुर मण्डलले पनि तीन पूस्तादेखि बस्दै आएको उनीहरुको छाप्रो भत्काएपछि विस्थापित बनेका १४ परिवारका करिब ७० जनाले जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी लाई भेटेर बासको व्वस्था गराउन माग गरे । पाँच दिनदेखि हुस्सुको कहरमाका खुला आकाशमुनि बस्न बाध्य भएका उनीहरुले संविधानले नै हरेक नागरिुकलाई सुरक्षित बासको अधिकार प्रदान गर्नुपर्ने माग गरे । (अन्नपुर्णबाट)