Logo

सरकारले भोलि बनाउँदैछ नयाँ आइजीपी



काठमाडौं, २६ माघ । सरकारले भोलि नै नेपाल प्रहरीमा नयाँ आइजीपी बढुवा गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्येबाट आइजीपी नियुक्त गर्ने भएको हो ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल मंगलबारबाट ३० वर्षे सेवावधि पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित तीनजना डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित उक्त ब्याचका १७ डिआइजीले अनिवार्य अवकाश पाउनेछन् ।

आइजीपी खनालका ब्याचीपछिका वरिष्ठतम डिआइजीमध्येबाट ज्ञवाली र लम्सालमध्येबाट एकजना आइजीपी हुनेछन्। विश्वस्त स्रोतका अनुसार ज्ञवाली आइजीपीमा बढुवा हुने सम्भावना बलियो छ । उनी हालको प्रहरी नियमावली अनुसार पाँच महिना आइजीपी बन्नेछन् ।

मन्त्रिपरिषद्ले भोलि नै आइजीपी नियुक्त नगरे आइजीपी खनालले आफूपछिको कार्यभार डिआइजी ठाकुर ज्ञवालीलाई सुम्पने तयारी गरिसकेको बुझिएको छ । ज्ञवाली आइजीपी खनालले रुचाएका डिआइजी हुन् । नयाँ आइजीपी नियुक्तिलगत्तै यसपछिका ब्याची डिआइजीबीच एआइजी बन्ने दौडधुप चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot