Logo

असारसम्ममा पानी आउने सम्भावना



काठमाडौँ २८ माघ । मेलम्चीका पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनसिङ सकिएलगत्तै अस्थायी डाईभर्सन गरी पाइपबाट सुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमााडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितीले जनाएको छ ।

हेडवक्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकोले हाललाई अस्थायी डाईभर्सन गरी असारमा ल्याउन लागिएको हो । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रो कामलाई बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।

कम्पनीले तोकिएको समय भन्दा अगाडी सम्पन्न गरी बोनस पाउने गरी काम गरिरहेको यहाँको भनाई छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot