Logo

बासुँरीका सौखिन प्रधानमन्त्री ओली कृष्ण मन्दिर उद्घाटन गर्न झापा पुगे



भद्रपुर, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा आएका छन् । आइतबार आएका उनले दमक कृष्ण मन्दिर उद्घाटन गर्नेछन् । उनले बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आजै अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीको साथमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् । भद्रपुर विमानस्थलमा ओलीलाई प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot