Logo

नक्कली प्रमाणपत्रधारी अधिकृतविरुद्ध मुद्दा



काठमाडौं, ४ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारले उनीमाथि आरोपपत्र दर्ता गरेको छ । उनीमाथि आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खनालले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी मिति २ वैशाख २०५३ देखि तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा नियुक्ति भै सेवामा बहाल रही लाभसमेत लिई रहेको देखिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्