Logo

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको कैद मिनाहा



फागुन ६, काठमाण्डौ । सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३२९ कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी ति कैदीको बाँकी कैद मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूको कैद मिनाहा गरिएको हो ।

उनीहरू बुधबार रिहा हुनेछन् । सरकारले ६० प्रतिशत जेल सजाय भुक्तान गरिसकेकालाई सम्बन्धित जेल प्रशासन हुँदै कारागार विभागबाट आएको प्रस्तावअनुसार उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot