Logo

एक बोतल पानीको मूल्य एक करोड रुपैयाँ



अमेरिका, फागुन ८ । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ तोकिएको छ । करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन । पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ । त्यसपछि बल्ल कम्पनिले पानी उत्पादन गर्छ । र क्रेतालाई उपलब्ध गराउँछ ।

यो पानी खानका लागि भने होइन, लक्जरी कलेक्सनका लागि हो । यो पानीको बोतलको बिर्को नै सुनबाट बनाइएको हुन्छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित गरिन्छ । हरेक बोतलका लागि छुट्टा–छुट्टै खोल बनाइएको हुन्छ । यो बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स राखिएको छ ।

यो पानी कम्पनीको प्रधान कार्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले एकदमै अग्लो झरनाबाट पानी संकलन गरेर तयार पार्ने गर्छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot