Logo

कारोना भाइरस (कोभिड १९) नियन्त्रण हुँदै : एनएचसी प्रवक्ता फेंग



८  फागुन । हालै चीनमा फैलिएको नयाँ कारोना भाइरसका कारण चीन लगायत विश्वनै त्रसित भएको छ । नयाँ किसिमको भाइरस भएको कारण नियन्त्रण पाउन निकै समस्या देखा परेको छ ।

कारोना भाइरस (कोभिड १९) नियन्त्रण भइरहेको एनएचसीका प्रवक्ता मी फेंगले जनाएको छ । बुधबार बेजिङमा पत्रकार सम्मेनलको आयोजना गरेर एनएचसीका प्रवक्ता मी फेंगले भाइरस नियन्त्रण भइरहेको जानकारी दिएका हुन् ।

हूबई प्रान्तबाहेक अरु प्रान्तमा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्यामा कमी आएको र उक्त भाइरसबाट सुधार भई घर फर्कने क्रम बढीरहेको समेत प्रवक्ताले जनाएका छन् । हुबई प्रान्तको उहान शहरबाट फैलिएको नयाँ कारोना भाइरसका संक्रमणमा बुधबारमात्रै १६ सय ९३ जना प्रभावित भएको जनाइएको छ ।

फेब्रुअरी १३ बाट हुबई प्रान्तको उहान शहरमा समेत संक्रमणमा कमी आएको प्रवक्ताले जनाएका छन् । उक्त भाइरसको संक्रमणमा परेका १२ सय ६६ जना उपचारपछि घर फर्केका समेत प्रवक्ताले जनाएका छन् । Photo Source : News.cn



प्रतिक्रिया दिनुहोस्

Screenshot