Logo

पनडुब्बीमा पाँच टन लागूऔषध फेला परेपछि…



एजेन्सी, ९ फागुन । पनडुब्बीमा पाँच टन बराबरको लागु औषध फेला परेका छ । घटना पनामाको हो । त्यहाँको समुद्री तटमा प्रहरीले बुधबार अनौंठो पनडुब्बी देख्यो । त्यो देखेर जाँच गर्ने क्रममा उक्त पनडुब्बीबाट पाँच टन बराबरको लागूऔषध फेला परेको हो ।

पनामा एरोनाभेल सर्भिसले आफ्नो क्षेत्रीय समुद्रीको पेट्रोलिङ गर्ने क्रममा पत्ता लागाएका हुन् । पनडुब्बीमा रहेको लागुऔषध सहित चार जना कोलम्बीयन नागरिक समेतलाई प्रहरीले हिरासतमा लिएको छ । अहिलेसम्म कोलम्बीयन नागरिकको थप जानकारी पत्ता नलाथगेको पनामा प्रहरीले जनाएको छ ।

कुन प्रकारको ड्रग भन्ने अक्र पत्ता लागेको छैन् । तर, ती नागरिकहरुलाई प्रहरीले अमेरिका र बेलायत कोकेन तस्करीमा संलग्न रहेको क्रममा समातेको जानकरी समेत दिएका छन् । पानीमा यस्ता प्रकारका गतिविधि थाहा पाउन निकै कठिन हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot