Logo

दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ



शरद रेग्मी, दाङ १२ फागुन । पुर्ब सभामुख कृष्णबहादुर महरालाई गृहजिल्ला दाङमा भब्य स्वागत गरिएको छ । सोमबार काठमाण्डौबाट दाङपुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

सो अवसरमा पुर्ब सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद प्रकट गरेका थिए । महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझैपनि सक्रिय रहेको बताएका थिए ।

महराले यो घटनाबारे आफु अहिले केही नबोल्ने भन्दै आफु मतदाताहरु भेट्न निर्वाचन क्षेत्रमा जान लागेको बताए । उनले आफु जिल्लाको विकासमा निरन्तर लागिपर्ने समेत बताएका थिए । पुर्ब सभामुख महरालाई गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा भब्य स्वागत र सम्मान गरिएको छ । महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहीमा नागरिकहरुले भव्य स्वागत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot