Logo

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी?



काठमाडौं, फागुन १३ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ ।‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले बतायो। तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’

मन्त्रालयका एक अधिकारीका अनुसार उक्त दिन अख्तियारले छापा नमारेको र मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएकोआजको नेपाल समाचारपत्र दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्