Logo

महिलासहित १८ जना लागूऔषध कारोबारी पक्राउ



काठमाडौं, १५ फागुन । काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं कोटेश्वरबाट अवैध लागूऔषध गाँजा २ केजी र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका घर भएका हाल कोटेश्वर बस्ने अबिनाश साह, धादिङ घर भई हाल ललितपुर पुल्चोक बस्ने २८ वर्षीया बिन्दु तामाङ र सुनसरी सप्तकोशी घर भई हाल कोटेश्वर बस्ने ३० वर्षीया संगिता यादव रहेका छन् । महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सुर्खेत, बीरेन्द्रनगर नगरपलिकाका राकेश गन्धर्व लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ४० मिलिग्राम, नाइट्रोभेट ४५ ट्याव्लेट र नगद ४६ हजार २ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका अवैध लागूऔषध चरेश करिब ७ केजी ५ सय ग्राम सहित शिवराज नगरपालिका २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी पोष्ट लिङकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिको २९ वर्षीय श्याम माझी समेत ७ जनालाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित कैलाश गाउँपालिका ६ भार्ता बस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ ख ५३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्वोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot