Logo

आज देशभरको मौसममा सुधार



काठमाडौं, फागुन १६ । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसममा आजदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान पश्चिम तराईमा हुस्सु र पाहाडमा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने महाशाखाले जनाएको छ ।अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुन सक्ने समेत महाशाखाले अनुमान गरेको छ ।

शनिबारबाट पुन नयाँ मौसमी प्रणाली नेपाल भित्रने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको हुन सक्नेछ ।अहिले काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।



प्रतिक्रिया दिनुहोस्