Logo

ट्रम्प र मोदीसँगै देखिएकी महिलाबारे खुलासा



काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतको औपचारिक भ्रमण गरेका छन्।भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प दम्पतीलाई गरेको स्वागतको क्रममा एक अर्की महिलालाई पनि संगै देखिएको छ । सामाजिक सञ्जालमा ति अर्की भनिएको महिलाको बारेमा निकै चर्चा परि–चर्चासमेत हुँदै आएको छ ।

उनी को हुन ? र यति नजिक उनी कसरी जान पाइन ? भन्ने पश्नले समाजिक सञ्जाल तातेको छ । वास्तवमा ती महिलाको नाम गुरदीप कौर चावला हो । उनी प्रधानमन्त्री मोदीका अनुवादकको रुपमा कार्यरत रहेको भारतीय सञ्चार माध्ययहरुले लेखेका छन् । गुरदीप अमेरिकन ट्रान्सलेटर एशोसियसनको सदस्य पनि रहेकी छन् । विदेश भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गर्दा उनले त्यसलाई अंग्रेजीमा अनुवाद गर्ने गरेको जनाइएको छ ।

यतिमात्रै होइन, गुरदीप चावला प्रधानमन्त्री मोदीका साथ भारतमा पनि विदेशी नेताहरुसँगको भेटवार्ताका क्रममा सँगै देखिने गरेकी छन् । प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण दिएपछि उनी त्यसलाई अंग्रेजीमा अनुवाद गरेर प्रस्तुत गर्दे आएकी छन् ।

सन् १९९० मा गुरदीपले भारतीय संसदबाट आफ्नो करियर सुरुवात गरेपनि केही समयपछि उनी श्रीमानसँग अमेरिका बसाई सरेकी हुन् । गुरदीपलाई अन्य थुप्रै भाषाको समेत ज्ञान रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । आर्थिक न्युजबाट



प्रतिक्रिया दिनुहोस्