Logo

“प्रधानमन्त्रीज्यू एक हप्तामै घर फर्कनुहुन्छ, तीन हप्तामा काममा लाग्नुहुन्छ”



काठमाडौं, २१ फागुन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणबारे गहिरो जानकार हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र मृगौला प्रत्यारोपणबारे आज विहान रेडियो एनआरएनको नेपाली बहसका लागि ऋषि धमलासँग कुराकानी गरेका छन् । डा. प्रेमकृष्ण खड्गा सँग गरिएको अन्तवार्ताको सम्पादित अंश ।


मृगौला प्रत्यारोपण अघि प्रधानमन्त्रीले के भन्नुभयो, डाक्टरहरु के भन्नुहुन्छ ?
अहिले प्रधानमन्त्रीज्यू, औषधिहरु दिइएको हुन्छ । त्यसैले अहिले परिवार, अन्य भिजिटरहरुलाई पनि उहाँसँगको कुराकानीमा निषेध गर्यौं । एकदमै नगइनहुने चिकित्सकहरु मौत्र भित्र जान दियौं । र, उहाँसँगको सम्वाद एकदमै कम गरायौं ।
त्यसोभए प्रधानमन्त्रीले परिवारका सदस्यहरुलाई भट्न दिनुभएन ?
एक-दुई जनाबाहेक कसैलाई पनि भेट्न दिइएन । कारण चाहीं उहाँले औषधि खाइराख्नुभएको थियो ।
प्रधानमन्त्री भर्ना भएदेखि अहिलेसम्म कसरी उपचार सुरु गरियो, डाक्टरहरु को को हुनुहुन्छ बताउनुस् न ?
सम्मानीय प्रधानमन्त्रीज्यूलाई हामीले अस्ति भर्ना गर्यौ । सोही दिनदेखि अप्रेसनको तयारीमा लाग्यौं । सबै रोगका विशेषज्ञहरुबाट उहाँको सम्पूर्ण शरीर जाँच गरियो । त्यसपछि रगत परीक्षणदेखि अन्य आवश्यक चेकजाँचहरु भए । सबै ठीक भएको अवस्थामा छ । उहाँको अन्तिम पटक एउटा डायोलासिस गर्नुहुन्छ । त्यो पनि हिजो गरियो । आज बिहानबाट फेरि विशेषज्ञ चिकित्सकहरुले हेर्नुभयो ।
प्रधानमन्त्रीको उपचारमा कतिजना डक्टरहरु संलग्न हुनुहुन्छ ?
यो रुटिङ ट्रान्सप्लान्ट भएकाले यसमा ६ जनाजति मेन डाक्टरहरु हुन्छन् । त्यसपछि नर्सिङ चिकित्सकहरु छन् ।
डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा टिम बनेको हो ?
प्रेमराज ज्ञवाली पनि सबैमा हुनुहुन्छ । भूपु एचुरीको नेतृत्वमा टिमी बनाइएको छ । अरु चिकित्सकहरु जस्तो डा. पवन चालिसे, प्रेम चापागाईं र सुजित डाक्टरसा’व हुनुहुन्छ ।
भारतको एपोलो अस्पतालबाट पनि डाक्टर आएका हुन् ?
सम्मानीय प्रधानमन्त्रीले पहिलो दिल्लीमै प्रत्यारोपण गराउनुभएकोले उहाँकै अनुरोधमा पहिला प्रत्यारोपण गराउने डा. अनन्त कुमारलाई बोलाइएको हो ।
डा. अन्तकुमारले पनि हेरिरहनुभएको हो ?
हो, भारतबाट आएका डा. अनन्त कुमारले पनि हेरिरहनुभएको छ ।
अरु देशबाट कुनै विदेशी डाक्टरहरु आएका छैनन् ?
अरु देशबाट आएका छैनन् । भारतबाट आएका अनन्त कुमार चाहिं पहिला उहाँले नै प्रत्यारोपण गराउनुभएकाले उहाँलाई बोलाइएको हो ।
प्रधानमन्त्री रिपोर्टहरु एकदमै राम्रो आयो रे हो ?
अहिलेसम्म राम्रो छ । उहाँको स्वास्थ्य एकदम स्थिर छ । सामान्य छ, त्यसमा केही अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन ।
प्रधानमन्त्रीमा युवाको जस्तो जोश, जाँगर छ, भनेर डाक्टरहरुले भनेका छन्, तपाईंहरुले के पाउनुभयो ?
सम्माननीय प्रधामन्त्रीको आत्मबल देखेर हामीलाई अचम्म लागेको छ । उहाँले त अहिलेको अहिले नै उठेर हिड्ने जस्तो कुरा गर्नुहुन्छ । उहाँको आत्मबल देखेर हामीहरु सबै चकित छौं ।
प्रत्यारोपणपछि प्रधानमन्त्री अस्पतालमा कति दिन बस्नुपर्छ ?
हाम्रो अस्पतालको रुटिङ पाँच दिन जति अस्पतालमै रहनुपर्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर ७-८ दिनमा घर फर्किनुहुन्छ ।
मृगौला प्रत्योरोप गरेको ७-८ दिनमै घर फर्किनुहुन्छ ?
रुटिङ ५ दिनको हुन्छ । त्यसपछि ७-८ दिनमा घर फर्किन सक्नुहुन्छ ।
आफ्नो दैनिक क्रियाकलापमा सहभागी हुन प्रधानमन्त्रीलाई कति समय लाग्छ ?
उहाँको आत्मबल हेर्दा दुई÷तीन हप्तामै आफ्नो नियमिति काम फर्किनुहुन्छ जस्तो लाग्छ ।
हाम्रो देशमा अब मृगौला प्रत्यारोपण सहज भएको हो ?
अस्पतालमा चिकित्सकीय काम चाहीं एदमै सहज छ । मृगौला तस्करीको कारणले लिगलको विषय अली गाह्रो छ । त्यो सहज भइदिए धेरै राम्रो हुनेथियो ।
आजबाट शिक्षण अस्पतालको आकर्षण बढ्यो होइन ?
आकर्षण त पहिलादेखि नै थियो, त्रिवि शिक्षण अस्पतालमा । मृगौला प्रत्योरोपणमा केही अप्ठ्याराहरु छन् । पछिल्ला दिनमा यो पनि सहज हुन्छ भन्ने लाग्छ ।
मृगौला प्रत्यारोपणका लागि के के गर्नुपर्छ ?
प्रत्यारोपणमा पहिला मृगौला दिने र लिनेबीच सहमति हुनुपर्छ । त्यसपछि उनीहरुबीच ब्लड ग्रुपहरु मिलेको हुनुपर्छ ।
प्रधानमन्त्रीलाई मृगौला दिने महिला हुनुहुन्छ नि उहाँको अवस्था के हुन सक्छ ?
उहाँलाई खासै केही हुँदैन । भगवानले हामीलाई दुईवटा किड्नी दिएका छन् । एउटाले नै सबै काम गरेको हुन्छ । त्यो एउटैले मानिस पुरै स्वस्थ हुन्छ । त्यसैले कुनै समस्या देखिँदैन ।
त्यसोभए मृगौला दान गर्नेहरुमा केही समस्या आउँदैन ?
हो, केही समस्या हुँदैन ।
दिनेलाई पनि गाह्रो हुन्छ भन्छन्, त्यस्तो समस्या आउँदैन ?
मृगौला दिनेहरुमा त्यस्तो समस्या केही देखिएको छैन ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण भइरहेको छ, दिनभरी त्यहाँको कार्यतालीका र सूचनाहरु दिनुहुन्छ ?
आज ९ः३० बाट अप्रेसन सुरु भयो । त्यसपछि अप्रेसन कक्षबाट आइसियुमा लाने हो । आइसियुमा सकैलाई भित्र जान दिने काम हुँदैन ।
अप्रेसन कति घण्टामा सम्पन्न हुन्छ ?
३ घण्टादेखि ५ घण्टासम्म लाग्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot