Logo

खड्काको प्रश्न : कमाई त गाँजाबाटमात्रै होईन रक्तचन्दनबाट पनि हुन्छ भन्ने सुनिएको छ, अलिक विचार गरौं (भिडियो)



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले नेपालमा गाँजा खेति खुल्ला गर्ने विषय संवेदनशील भएको भन्दै यसमा विशेष छलफल र ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनले सपना पनि पूरा हुने खालका देखाउनुपर्ने सुझाए । उनले भने,‘नेपालले डेढ खर्बको धान, कोदो र मकै मुलुक बाहिरबाट किनेर ल्याएको छ । सिंचाई हुने उत्पादित जमिन पनि अहिले बाँझै छ । युवाहरु विदेश पलायन भएका छन् । नेपालबाट ब्रेन र मसल दुवै ड्रेन भएको छ । अब यहाँ, नेपालमा बसेका र जो विदेश जान नसकेकाहरुलाई गाँजा सेवन गराएर डिप्रेसनको सिकार गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले कमाई त गाँजाबाटमात्रै होईन रक्तचन्दनबाट पनि हुन्छ भन्ने कुरा नसुनेको होईन भन्दै गाँजा खेति खुल्ला गर्नुपर्ने विद्येयकको घुमाउरो पारामा विरोध गरे । उनले भने,‘गाँजा खेति त व्यवस्थित् गर्ने कुरा भयो, तर भोलिका दिनमा यसको असर के हुने हो ? हामीले आफ्नो धरातलपनि हेर्नुपर्छ । समृद्धि हाँसिल गर्नतर्फ मात्रै नेहेरौं ।’ उनले सत्ता पक्षका सांसदहरुले विद्येयक दर्ता गराएकोले फेल हुने सम्भावना नरहेको पनि सुनाए ।

उनले भने,‘सत्तापक्षका सांसदहरुले दर्ता गराएको विद्येयक हो, फेल हुने त कुरै छैन् । तर, हामीले यो विषयमा गम्भिर भएर सोचौं ।’ उनले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना भएको अवस्थामा आफू नकारात्मक कुरा गर्ने पक्षमा नभएपनि वर्तमान सरकार कुहिएको सिनोमा फसेजस्तै भएको टिप्पणी गरे । उनले भने,‘सरकारले समाजमा दङदङी बाँड्यो । सरकारले समृद्धिको कुरा त गरेको छ, तर आफ्नै मन्त्री भ्रष्टाचारमा मुछिएकोले अब समृद्धिको कल्पना गर्न गाह«ो छ ।’

उनले ठूलो त्याग, तपस्या र संघर्षबाट अहिलेको व्यवस्था प्राप्त भएकोले यसलाई जोगाउनु नै अहिलेको मुख्य काम भएको सुनाउँदै व्यक्ति अर्थात म मात्रै समृद्धि भएर हुँदैन देश नै समृद्ध बनाउनुपर्छ भन्नेतर्फ सरकारले सोच्नुपर्ने पनि सुझाव दिए ।
फरक प्रसँगमा उनले पार्टीभित्र देखिएको विवाद नेताहरुले विधान नमान्दा उत्पन्न भएको तर्क गरे । उनले भने,‘पार्टीभित्र विचार र छलफल हुन्छ । यसले नै चीरा पर्यो भनेर धेरैले भनेको पनि सुनियो ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गर्दा होस वा केन्द्रिय सदस्यहरु मनोनित गर्दा नै किन नहोस विधान नमानेको भन्ने पनि आरोप पार्टीभित्र लागेको सुनाए ।

खड्काले प्रश्न गर्ने (रामचन्द्र पौडेल पक्ष) र निर्णय गर्ने (शेरबहादुर देउवा) दुवै समूहले विधान विपरित काम गरेको र दुवै समूह यसमा चुकेको आरोप लगाए । उनले भने,‘विधान सबैले मिचेका छन् । ५ जना नेतालाई चिक्त बुझ्दा विधान मिचेको कुरा नउठ्ने तर ५ जना नेतालाई चित्त नबुझ्दा चाहीँ विधान मिचेको कुरा उठ्ने गरेको छ । यो गलत हो ।’

पार्टीभित्र हुने छलफल तथा बहसले परिस्कृत गर्ने भए राम्रै हुने नत्र नकारात्मक असर पर्नेतर्फ पनि उनले पार्टी नेतृत्वलाई सचेत गराए । अहिले देखिएको विवादको विषयमा प्रश्न उठाउनेकोपनि कमजोरी रहेको उनको भनाई छ । उनले देउवा र पौडेल दुवै समूह सच्चिन जरुरी रहेको छ ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरे । उनले भने,‘उहाँको प्रत्यारोपण सफल भएको भन्ने सन्देश आएको छ । म शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्यलाभको कामना गर्छु ।’ प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपणको उपचार गरेकोमा धन्यवाद दिँदै यो सम्पूर्ण नेपालीहरुको लागि पनि प्रेरणाको स्रोत हुने विश्वास दिलाए ।

त्यस्तै, उनले कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएको उल्लेख गर्दै नेपालले पनि सचेतना अपनाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा पनि कोरोनाको जोखिम उच्च छ, नेपाल सरकारले यसबारेमा के तयारी गरेको छ ? नेपाललाई जोखिममुक्त बनाउको लागि सरकारले आवश्यक पहलकदमी चालोस्।’ यसको लागि सबैले सजकता अपनाउनुपर्नेपनि उनको सुझाव छ । उनले चीन, भारत, दक्षिण कोरियाजस्ता अर्थतन्त्रको हिसाबलेपनि शक्तिशाली देशहरुको अर्थतन्त्र ध्वस्त भएको सुनाउँदै नेपालमा पनि यसको प्रभाव पर्न थालेको सुनाए । नेपाली उद्योगी तथा व्यवसायीहरुलाई सरकारले अनुदान दिनेबारेपनि सोच्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot