Logo

अनी सुरु भयो ब्रिटिश अङ्गरक्षकसँग गैरवैवाहिक सम्बन्ध



दुबई, फागुन २४ (नागरिक)– अपहरण, जबरजस्ती फिर्ता लैजाने, प्रताडना तथा तर्साउने र धम्क्याउने कार्यलगायत दुबईका अरबपति शासक शेख मोहम्मद बिन रशिद अल(मक्तुमविरुद्ध उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल(हुसेनले लगाएका आरोपहरू स्थापित तथ्य बनेका छन्।

उक्त कुरा ब्रिटेनको उच्च न्यायालयले गरेका फैसलाहरूको एउटा श्रृङ्खला स्वरूप प्रकाशित भएको हो।आठ महिना अघि सुरु भएको उक्त मुद्दापश्चात् अदालतले राजकुमारी हायाका पक्षमा एउटा फ्याक्ट फाइन्डिङ जजमेन्ट ९एफएफजे०, तथ्यको खोजी गर्ने निर्णय, प्रकाशित गरेको हो।

राजकुमारी हाया गत वर्ष दुबईबाट आफ्ना दुई बच्चाका साथ भागेकी थिइन्। उनले साथीहरूलाई आफ्नो ज्यान जाने डरले भागेको बताएकी थिइन्।

शेख मोहम्मदले निर्णयलाई सार्वजनिक जानकारीभन्दा बाहिर राख्ने असफल प्रयास गरेका थिए।तर यो विषय सार्वजनिक हितको भएको भन्दै अदालतले उनको अपिल खारेज गरेको थियो।

दुबईका शासकलाई अदालतसमक्ष खुला तथा इमानदार नभएको ठहर गरिएको थियो।ब्रिटिश अदालतको फैसला प्रकाशित भएपश्चात् जारी एक वक्तव्यमा, शेख मोहम्मदले भनेका छन्, सरकार प्रमुखका रूपमा म अदालतको तथ्य खोज्ने प्रक्रियामा सहभागी हुन सक्षम थिइनँ र त्यसपछि तथ्य(खोजीु फैसाला जारी गरियो। त्यसले केवल एकपक्षीय कथा मात्र बताउँछ।

लामो समयसम्म धेरै साक्षीहरूको बयान सुनेपछि अदालतले शेख मोहम्मदलाई अर्की पत्नीतर्फका दुईजना छोरीहरूलाई अपहरण गरेको र जबर्जस्ती फिर्ता लगेको कसुरमा जिम्मेवार रहेको ठहर गरेको छ।

शेखा शमसाले सन् २००० मा सरेस्थित परिवारको ब्रिटेनमा रहेको घरबाट भागेकी थिइन्। तर पछि शेखका मानिसहरूले उनलाई क्याम्ब्रिजसायरबाट जबरजस्ती दुबई लगेका थिए र उनलाई कैदमा राखिएको बताइएको छ। क्याम्ब्रिसायर प्रहरीद्वारा यसबारे अनुसन्धान गर्न दुबई जान पाउनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरियो।

शेखा लतीफाले सन् २००२ र २०१८ मा आफ्ना पिताका परिवारबाट भाग्ने दुईवटा असफल कोसिस गरेकी थिइन्। पहिलो पटक दुबईमा तीन वर्षसम्म जेलमा राखिएपछि दोस्रो पटक उनले भाग्ने प्रयास गरेकी थिइन्। दोस्रो पटक उनलाई भारतीय समुद्री तटबाट जबरजस्ती दुबई फर्काएर घरैमा नजरबन्दमा राखिएको बताइन्छ। न्यायाधीशले लतिफाले आफूलाई यातना हुने गरी शारीरिक दुर्व्यवहार गरिएको भनी एउटा सार्वजनिक भिड‌िओ मार्फत लगाएको आरोपलाई विश्वसनीय मानेका छन्।

न्यायाधीशले गरेका ठहर अनुसार शेख मोहम्मद ती दुवै युवा महिलाहरू तिनको स्वतन्त्रताबाट बञ्चित भैरहने व्यवस्थालाई निरन्तरताू दिन चाहन्छन्।राजकुमारी हायाको जन्म जोर्डनमा भएको थियो। उनले ब्रिटेनका निजी विद्यालयहरूमा अध्ययन गरेकी हुन्।

उनी जोर्डनका वर्तमान शासक अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन्। उनी ओलिम्पिक्समा घोडचढी खेलाडीका रूपमा सहभागी पनि भएकी थिइन्।शेख मोहम्मदसँग उनको सन् २००४ मा विवाह भएको थियो। उनी शेख मोहम्मदकी छैटौँ र कान्छी पत्नी हुन्।

राजकुमारी हायाका ११ र सात वर्षका दुई सन्तान छन्।सुरुमा उनलाई ती भागेका राजकुमारीहरूलाई जोगाउन स्वदेश फिर्ता ल्याइएको भन्ने कुरामा विश्वास लागेको थियो। उनीहरू परिवारसँग सुरक्षित रहेका छन् भन्ने उनी ठान्थिन्।

तर सन् २०१९ को सुरुवातमा राजकुमारी हायालाई यस्ता कुरामा सन्देह पैदा भयो। र उनले आफ्ना चिन्ताहरू व्यक्त गर्न थालिन्।बीबीसीका अनुसार उनले आफ्ना ब्रिटिश अङ्गरक्षकसँग गैरवैवाहिक सम्बन्ध पनि बनाउन सुरु गरेकी थिइन्।

शेख मोहम्मदका मानिसहरूले उनलाई तर्साउने र धम्क्याउने अभियान सुरु गरे।राजकुमारी हायाको सिरानीमुनि दुईपटक बन्दुक राखिएको पनि अदालतमा बताइएको थियो।उनलाई दुर्गम मरुभूमिस्थित एउटा जेलमा लैजाने धम्की दिँदै उनी बस्ने घर बाहिर एउटा हेलिकप्टर पनि ओरालिएको थियो।

दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै यूकेमा मुद्दा हालेकी थिइन्।उनले संयुक्त अरब इमिरेट्स ९यूएई०मा आफूले छाडेका छोराछोरीको अभिभावकत्व लिन पाउनुपर्ने माग गरेकी थिइन्।

उनले जबरजस्ती गरिएको विवाह र दुर्व्यवहारबाट बच्ने आदेश पनि माग गरेकी थिइन्।पैँतालीस वर्षीया हाया सुरुमा शरण खोज्न जर्मनी पुगेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्